डोल्पा, २ जेठ– डोल्पा जिल्लाको डोल्पो बुद्ध गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
स्वतन्त्र उम्मेदवार तेम्बा गुरुङ ५५३ मत ल्याएर विजयी भएका हुन् । तेम्बा गुरुङले एमाले उम्मेदवार क्याल्जन गुरुङलाई पराजित गरेका हुन् । एमाले उम्मेदवार क्याल्जनले ३११ मत मात्रै ल्याए ।
सो गाउँपालिकाको उपाध्यक्षमा मलाम टसी गुरुङ विजयी भएका छन् । त्यहाँ वडा अध्यक्षसहित सदस्यहरु यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।