०९ असार २०८३, मंगलबार

चितवनको राप्ती नगरपालिकाको तीन वडामा एमाले विजयी

कात्तिक २०, २०७४
चितवनको राप्ती नगरपालिकाको तीन वडामा एमाले विजयी

रत्ननगर (चितवन), २ जेठ -पूर्वी चितवनको राप्ती नगरपालिकाको वडा नं ४ र ५ तथा खैरहनी नगरपालिकाको वडा नं १ मा नेकपा(एमाले )को समूह नै विजयी भएको छ ।
खैरहनी– १ मा एमालेका भूमिप्रसाद कँडेल ९६४ मतका विजयी हुनुभएको सहायक निर्वाचन अधिकृत दिवाकर पौडेलले जानकारी दिनुभयो ।

यस्तै राप्ती नगरपालिका वडा नं ४ का वडाध्यक्षमा शमशेर लामा एक हजार १६५ र वडा नं ५ मा मेनुका पाठक ६८६ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतगणना हुँदै
रत्ननगरको वडा नं १ र १६ को मतगणनामा काँग्रेसले प्रमुखमा ९१६ र उपप्रमुखमा ८९२ मत प्राप्त गरेको छ । एमालेले प्रमुखमा ९३९ र उपप्रमुखमा ८९४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै नेकपा(माओवादी केन्द्र)ले प्रमुखमा २९८ र उपप्रमुखमा ३१३ मत ल्याएको छ ।

उता पूर्वी चितवनको राप्ती र खैरहनी नगरपालिकामा भने एमालेको अग्रता कायमै छ । पछिल्लो पटक सार्वजनिक गरिएको मतपरिणामानुसार खैरहनी प्रमुखमा एमालेले ६८८, माओवादी केन्द्रले ६८४ र काँग्रेसले ५७५ ल्याएका छन् ।
एमालेले उपप्रमुखमा ९१४ काँग्रेसले ६३६ तथा माओवादी केन्द्रले ४१३ मत ल्याएको सहायक निर्वाचन अधिकृत दिवाकर पौडेलले जानकारी दिनुभयो ।

अब वडा नं २ को मतगणना सुरु भएको छ । उता मकवानपुरको सिमाना जोडिएको राप्ती नगरपालिकामा बिहान ११.३० बजेसम्मको मतपरिणामानुसार एमालेले प्रमुखमा एक हजार ९४७ र उपप्रमुखमा एक हजार ९५६ , काँग्रेसले प्रमुखमा एक हजार १७५ र उपप्रमुखमा एक हजार ४२ तथा माओवादी केन्द्रले प्रमुखमा २८६ र उपप्रमुखमा २६१ मत प्राप्त गरेका छन् । रासस
 

salt training

कमेन्ट गर्नुहोस्