

काठमाडौं, २ जेठ — गोरखा जिल्लाको चुमनुव्री गाउँपालिकाको अध्यक्षमा माओवादीले अग्रता लिएको छ ।
माओवादीले ६६८ मत ल्याएको छ भने कांग्रेस ५५७ मतका साथ दोस्रो स्थानमा छ । एमालेले जम्मा २८ मत ल्याएको छ भने नयाँ शक्ति १८ मतका साथ चौथो स्थानमा छ ।
त्यस्तै उपाध्यक्षमा पनि माओवादी नै अघि छ । उसको ६४३ मत छ भने कांग्रेस ४३७ मतका साथ दोस्रो स्थानमा छ । एमालेको १८८ मत छ । नयाँ शक्तिको जम्मा १६ मत छ ।