प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र खतरामा परेका कारण संसद विघटन गर्नुपरेको बताएका छन् ।
काठमाडौंमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले प्रचण्ड नेपाल समूहले कार्यकर्तालाई झुक्याउन संसद पुनस्र्थापना हुने भ्रम फैलाएको टिप्पणी गरे ।
उनले मुलुक निर्वाचनमा होमिएको भन्दै संसद पुनस्र्थापना हुन नसक्ने समेत बताए ।
उनले भने,संसद पुनस्र्थापना कसले हुन्छ भन्यो ? अब मुलुक निर्वाचनमा होमिसकेको छ, निर्वाचन आयोगले चुनावको तयारी गरिरहेका छन् ।
जनता ताजा जनादेश लिएर स्वच्छ व्यक्तिहरूलाई शसक्त संसद बनाउनेगरी मतदान गर्न आत्तुर भएको उनले बताए ।