
काठमाडौं, २ जेठ– काठमाडौं महानगरपालिकामा मतगणना जारी रहेको छ । सोमबार दिउसोबाट शुरु भएको मतगणना निकै सुस्त गतिमा भइरहेको छ ।
पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले ३१९ मत ल्याएका छन् भने नेपाली कांग्रेसका राजुराज जोशीले २०४ मत ल्याएका छन् । साझा पार्टीका मेयरका उम्मेदवार किशोर थापाले १९६ मत पाएका छन् । त्यस्तै विवेकशील नेपालीकी रञ्जु दर्शनाले १६५ मत ल्याएकी छिन् ।
अहिले काठमाडौं महानगरपालिका अन्तर्गत १ नम्बर वडा र ३२ नम्बर वडाको मतगणना जारी रहेको छ ।