०१ असार २०८३, सोमबार

रहस्यमयी शिवलिङ्ग, दिनमा तीन पटक रंग बदल्छः वैज्ञानिकलाई सुल्झाउन चुनौती !

फागुन १४, २०७७
रहस्यमयी शिवलिङ्ग, दिनमा तीन पटक रंग बदल्छः वैज्ञानिकलाई सुल्झाउन चुनौती !

विश्वका कैयौं रहस्य अहिलेसम्म सबै सामु आउन सकेका छैनन् । भौतिकवादको सिद्धान्त कण्ठस्थ पारेर आध्यात्मिक क्षेत्रलाई पूरै सर्वनाश गर्न लागिपरेकाहरूलाई पनि कहिलेकाँही भेटिने रहस्यले आश्चर्यचकित पार्ने गरेको छ । 

भगवान शिवको हिन्दु धर्ममा विशेष महत्व छ । भोलेनाथमा रुपमा चिनिने शिवलाई देवहरुको देव महादेव पनि भनिन्छ । भगवान शिवका चमत्कारका कहानीहरु पौराणिक कथाहरुमा उल्लेख पाइन्छिन् । 

विश्वभरमा भगवान शिवका हजारौं मन्दिरहरु छन् । जो आफैंमा एक रहस्य लुकाएर बसेका छन् । जसको रहस्य आजसम्म कसैले खुलाउन सकेका छैनन् । भारतमा एक यस्तै मन्दिर छ ।

अचलेश्वर महादेव मन्दिर, जसले वैज्ञानिकका अगाडि पनि ठूलो चुनौती खडा गरेको छ । 

दिनमा तीनपटक रंग बदल्छ शिवलिङ्ग

राजस्थानको बलौटे माटोमा कैयौं रहस्य दविएका छन् । यहाँको धौलपुरमा अचलेश्वर महादेव मन्दिरमा भगवान शिवको अदभूत चमत्कार देख्न सकिन्छ ।

यो मन्दिरमा राखिएका शिवलिङ्ग दिनमा तीन पटक आफ्नो रंग बदल्छन् । यो शिवलिङ्ग हेर्दा एकदमै सामान्य लाग्छ । तर, यसको बदलिँदै गरेको मनमोहक रंगले सबैलाई आश्चर्यमा पार्दछ । 

वैज्ञानिकका लागि चुनौती 

यहाँको शिवलिङ्गले दिनमा तीन पटक रंग बदल्ने गरेको त सबैलाई जानकारी नै छ । तर, यसो हुनुपछाडीको रहस्य अहिलेसम्म वैज्ञानिकले पनि सुल्झाउन सकेका छैनन् । 

यसको रंग बिहान गुलाबी हुन्छ । दिउँसो यसको रंग पहेँलो र बुलुका यसको रंग श्याम अर्थात कालो वर्णको हुन्छ ।

सबैभनदा खास कुरा त के हो भने, अहिलेसम्म यस मन्दिरको अन्तिम बिन्दुसम्म कोही पनि पुग्न सकेको छैन । 

शिवलिङ्गको रहस्यमयी जरा 

स्थानीयका अनुसार अहिलेसम्म शिवलिङ्गको अन्तिम जडसम्म पनि कोही पुग्न सकेका छैनन् । यो शिवलिङ्ग पृथ्वीको निकै गहिराईसम्म पुगेको छ । 

एकपटक यसलाई पत्ता लगाउने उत्खनन पनि गरिएको थियो । कैयौं दिनसम्म उत्खनन गरे पनि अन्तिम विन्दुसम्म कोही पनि पुग्न सकेन । पछि उत्खननको काम नै रोकियो । 

यो अदभूत अचलेश्वर महादेवको मन्दिरमा मानिसहरु निकै श्रद्धाका साथ पूजा गर्न आउँछन् । यो शिवलिङ्गको दर्शन गर्नाले मात्रै पनि मानिसको मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

यहाँ आउने भक्तजन आफूले चाहेको जीवनसाथीको कामना पनि गर्दछन् ।

यदि कुनै अविवाहित जोडी यस मन्दिरमा आफ्नो प्रियतमाको इच्छा लिएर आउँछ भने, शिवलिङ्गको दर्शनपछि उसको कामना पूरा हुने स्थानीय बताउँछन् । 

salt training

कमेन्ट गर्नुहोस्