१२ असार २०८३, शुक्रबार

बागलुङ नगरपालिकामा एमालेको अग्रता

कात्तिक २०, २०७४
बागलुङ नगरपालिकामा एमालेको अग्रता

बागलुङ, २ जेठ–बागलुङ नगरपालिकामा पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका मेयरका उम्मेदवार जनक पौडेलले २१ सय ७८ मतका साथ अग्रता लिएका छन् ।

नेपाली काग्रेसबाट मेयरका उम्मेदवार बसन्त कुमार श्रेष्ठले १७ सय ७४ मत प्राप्त गरेका छन् । उपमेयरमा राप्रपाका सुरेन्द्र खड्काले २२ सय १० मतका साथ अगाडी छन भने नेपाली काग्रेसबाट शकुन्तला शर्माले १४ सय ८१ मत प्राप्त गरेकी छन् ।

अहिले बाग्लुङ नपामा वडानम्बर ३ को मतगणना भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार वडा ३ को वडा अध्यक्षमा राष्ट्रिय जनमोर्चाको अग्रता रहेको छ । जस्मा वडाअध्यक्षका उम्मेदवार जनमोर्चाबाट लक्ष्मी बास्कोटाले ८ सय ७४ मत प्राप्त गरेकी छन् ।

त्यस्तै नेपाली कांग्रेसबाट जीतबहादुर कार्कीले ६ सय १४ मत प्राप्त गरेका छन । नेकपा माओबादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार रतन प्रसाद मलेपतिले ३ सय ९ मत प्राप्त गरेका छन ।

salt training

कमेन्ट गर्नुहोस्