
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) र पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन ( वाडा )बीच शनिवार अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले नाडाले गरेको हरेक गतिविधीहरु प्रदेश स्तरीय एशोसिएशनहरुलाई जानकारी हुनु पर्ने र त्यसैगरी प्रदेश स्तरीय एशोसिएशनहरुको गतिविधिहरु पनि नाडालाई जानकारी हुनु पर्ने बताएका छन् ।
उनले नाडाले सवै प्रदेश स्तरीय एशोसिएशनहरुमा पनि प्रशिक्षण कार्यक्रमहरु सम्पन्न गर्दे लैजाने लक्ष्य लिएको बताउँदै अहिलेको विधानमा सबै प्रदेहरुलाई समावेश गरी थप सशक्त बनाउने प्रयाश गरेको उल्लेख गरेका छन् ।
सडक विस्तारमा सुधार भई रहे पनि त्यो पर्याप्त नभएको जनाउँदै उनले नाडाले ट्राफिक प्रहरीसंग पनि विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएका जानकारी दिएका छन् ।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथी तथा नाडाका पूर्व अध्यक्ष सौरभ ज्योतीले नाडा र वाडा एक जुट भएर अघि बढनु पर्ने धारणा राख्दै सरकारले राजधानीमा प्रदुषण बढेको कारण देखाउँदै सवारी साधनहरुको आयातमा नै नियन्त्रण गर्न खोजेको बताए ।
वाडाले आफनो प्रदेश सरकारसंग समन्वय गरेर अघि बढ्नु पर्छ भन्ने धारणा राख्दै उनले बढ्दो प्रदुषणले पर्यटकहरु कसरी पोखरामा आउछन त भन्ने प्रश्न राख्दै हामीले प्रदुषण नियन्त्रणमा पर्याप्त ध्यान दिनु पर्ने धारणा राखे ।
उनले भने, अटोमोवाइल वस्तुहरुको तथ्याङ्क राख्नु अत्यन्तै जरुरी छ , यसो भएमा हामीले तथ्यगत रुपमा आफना मागहरु सरकार समक्ष राख्न सक्ने हुदाँ हामा्र मागहरु पुरा हुन सक्ने सम्भावना बढेर जान्छ ।
कार्यक्रममा महासचिव सुनिल रिजालले अटोमोवाइल स्पेयर पार्टसहरु आयात गर्दा भन्सार नाकाहरुमा हुने समस्याहरु बारे जानकारी दिँदै त्यसको समाधानका लागी समेत आफनो सुझाबहरु व्यक्त गरे ।
कार्यक्रममा नाडा र वाडाका पदाधिकारी तथा सदस्यहरु बीच विभिन्न विषयहरुमा विचारहरु आदान प्रदान भएको थियो । सो कार्यक्रममा नाडा र वाडाका पदाधिकारी तथा सदस्यहरु समेतको उपस्थिती रहेको थियो ।