११ असार २०८३, बिहीबार

एक्सन थ्रिलर वेब सिरिजको तयारीमा रोहित सेट्टी

पुस १९, २०७७
एक्सन थ्रिलर वेब सिरिजको तयारीमा रोहित सेट्टी

एक्सनले भरिपूर्ण फिल्म निर्देशकका रुपमा पहिचान बनाएका रोहित सेट्टी अब यस्तै एक वेब सिरिजका साथै डिजिटल दुनियाँमा प्रवेश गर्नका लागि तयार भएका छन् । 

दिग्गज स्टन्टम्यान एमबी सेट्टीका छोरा रोहीतले सिंघम, सिम्बा, चेन्नई एक्सप्रेस जस्ता फिल्म निर्देशन गरेका छन् ।

हालै उनी एक एक्सन एडभेन्चर शो फियर फ्याक्टरर्स ‘खतरोंका खेलाडी’का साथ टेलिभिजन जगतमा पनि प्रवेश गरिसकेका छन् । 

साथै अब रोहितले आठ एपिसोडवाला एक्सन थ्रिलर वेब सिरिज ल्याउन लागेको उनको टिमका एक सदस्यले जानकारी दिएका छन् । जो सत्य घटनामा आधारित हुनेछन् । 

सिरिजको शीर्षकलाई लिएर हालसम्म कुनै आधिकारिक धारणा भने सार्वजनिक गरिएको छैन । रोहित अहिले भने आफ्नो फिलम ‘सर्कस’ मै व्यस्त छन् ।

सर्कसमा अभिनेता रणवीर सिंहले काम गरिरहेका छन् । यो फिल्म विलियम सेक्सपियरको नाटक ‘द कमेडी अफ एयर्स’ मा आधारित छ ।

रोहित सेट्टी र अक्षय कुमारको निकै पर्खाइमा रहेको फिल्म सूर्यवंशी पनि अब रिलिजका लागि तयार पारिएको छ । यस फिल्मलार्ई गत वर्षको मार्चमै रिलिज गर्ने तयारी गरिएको थियो । 

लकडाउनका कारण एक वर्ष पछि धकेलिएको हो । यस फिल्ममा अक्षयकुमारका साथै क्याटरिना कैफ पनि देखिनेछिन् । 
 

salt training

कमेन्ट गर्नुहोस्