०४ असार २०८३, बिहीबार

अक्षयलाई मोबाइल चार्ज गर्नुथियो, तर अचानक भ्यागुतो देखेपछि...

अक्षयलाई मोबाइल चार्ज गर्नुथियो, तर अचानक भ्यागुतो देखेपछि...

बलिउड अभिनेता अक्षय कुमार कुनै न कुनै प्रकारले सामाजिक सञ्जालमा छाइरहेका हुन्छन् ।

एकपटक फेरि उनले यस्तै भाइरल हुने तस्वीर सामाजिक सञ्जालमा शेयर गरेका छन् । जो निकै भाइरल भएको छ । 

उनले आफ्नो घरको भित्तामा लगाइएको पावर सकेट नजिकैको खाली ठाउँमा एक भ्यागुतो बसेको तस्वीर शेयर गरेका छन् । 

उनले यो तस्वीर शेयर गर्दै लेखेका छन्, ‘मैले आफ्नो फोन चार्ज गर्न चाहिरहेको थिएँ । तर, मलाई अन्त कतै हेर्नुपर्यो । यहाँ त अरु कसैले नै कब्जा गरेको रहेछ ।’

उनको उक्त पोस्टमा प्रशंसकले निकै कमेन्ट गरिरहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्