३१ जेठ २०८३, आइतबार

शाहरुखको छोरीसहित जो यो वर्ष बलिउडमा डेब्यू गर्न सक्छन्

पुस १९, २०७७
शाहरुखको छोरीसहित जो यो वर्ष बलिउडमा डेब्यू गर्न सक्छन्

२०२१ मा केही ‘स्टार किड्स’ बलिउड डेब्यु गर्न सक्ने अनुमान गरिएको छ ।
दैनिक भास्करको एक रिपोर्ट अनुसार अहान पाण्डे अभिनेत्री अनन्य पाण्डेको भाइ तथा चंकी पाण्डेको भतिज हुन् । जो यो बर्ष फिल्ममा देखिन पनि सक्छन् । समाचारका अनुसार उनी यशराज फिल्मस् प्रोडक्शनबाट करियर शुरु गर्दैछन् ।

यसैगरी अभिनेता शाहरुख खानका जेठो छोरा आर्यन खानको सामाजिक संजालमा धेरै फ्यान समेत रहेका छन् । यो बर्ष आर्यन करण जौहरको फिल्म ‘स्टुडेन्ट आफ द इयर ३’बाट करियर सुरु गर्नसक्छन् ।
उसो अभिनेता शाहरुख खानकी छोरी सुहाना खान समेत सामाजिक संजालबाट हट एण्ड बोल्ड अन्दाजको तस्बिर हमेसा सार्वजनिक गर्ने गर्दछिन् । उनी पनि यो बर्ष बलिउडमा डेब्यु गर्न सक्छिन् । यस अगाडि उनी छोटो फिल्म ‘द ग्रे पार्ट आफ ब्लु’मा देखिएकी थिइन् ।

यसैगरी अगस्त्य नन्दा छिट्टै फिल्ममा आउने खबर आएको छ । अगस्त्य अमिताभ बच्चन र जया बच्चनको नाती हुन् । उनी हालै करण जौहरको साथ एक पार्टीमा देखिएका थिए ।
यसैगरी अभिनेता संजय कपुरकी छोरी शनाया कपुर अनन्या पाण्डेको साथी पनि हुन् । उनी पनि अनन्य झै फिल्म आउन पनि सक्छिन् । समाचारका अनुसार उनी यो बर्ष फिल्ममा डेब्यु गर्नेछिन् । उनी जान्ह्वी कपुर अभिनित फिल्म ‘गुन्जन सक्सेनाः द कारगिल गर्ल’मा पनि असिस्टेन्ट निर्देशकको रुपमा रहेकी छिन् ।

श्रीदेवी र बोनी कपुरकी छोरी खुसी कपुर पनि फिल्मबाट आफ्नो करियर सुरु गर्न सक्छिन् । खुसी निकै ग्ल्यामर र इस्टाइलिस छिन् ।

salt training

कमेन्ट गर्नुहोस्