२३ जेठ २०८३, शनिबार

सिजेनको प्रेम कहानीः बिरियानीको स्वादपछि बिहेका लागि प्रस्ताव !

पुस २०, २०७७
सिजेनको प्रेम कहानीः बिरियानीको स्वादपछि बिहेका लागि प्रस्ताव !

कसौटी जिन्दगीका फेम अभिनेता सिजेन खान आफ्नो जिन्दगीको नयाँ शुरुवात गर्ने तयारीमा छन् । 

उनले छिट्टै विवाह गर्ने योजना बनाइरहेका छन् । आफ्नो प्रेम जीन्दगीबारे कैयौं कुरा शेयर गरेका छन् । 

टाइम्स अफ इन्डियासँगको कुराकानीमा सिजेनले भने, ‘उनी खास हुन् । म तीन वर्षदेखि उनीसँग डेटमा छु । उनी उत्तर प्रदेशकी हुन् । निकै खुशी पनि छु । छिट्टै विवाह गर्ने योजना बनाइरहेको छु ।’ 

उनी २०२० को अन्त्यसम्म विवाह गर्ने योजनामा थिए । तर महामारीका कारण विवाह सार्नुपरेको उनले बताएका छन् । 

उनी आफ्नी प्रेमिकासँग एक नजिकैको साथीमार्फत मिलेका थिए । प्रेमिकालाई प्रपोज गरेको विषयबारे उनले भने, ‘जो मानिससँग हामी भेटिएका थियौं । उसले उनको खाना पकाउने कलाको निकै प्रशंसा गथ्र्यो ।’

उनले आफूले दुनियाँ भरका अनेक डिस्कको स्वाद लिएकोले खाना बनाउने कलामा कुनै अपेक्षा नरहेको बताएका छन् ।

‘तर उनले मलाई बिरियानीले मलाई इम्प्रेस गरिन् । डिनरपछि मैले उनलाई विवाहका लागि प्रस्ताव राखेको थियो,’ उनले भने । 

सिजेनको कुरा गर्दा उनी एकता कपुरको शोक कसौटी जिन्दगीमा अनुरोगको भूमिकामा देखिएका थिए ।

उनले यस शोबाटै निकै नाम र दाम कमाएका थिए । जहाँ उनी श्वेता तिवारीको विपरीत भूमिकामा थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्