११ असार २०८३, बिहीबार

‘एमाले विघटन कसले गर्‍यो ? जबज कसले छाड्यो ? एकपल्ट काशीमा नुहाएर आउनुस्’

‘एमाले विघटन कसले गर्‍यो ? जबज कसले छाड्यो ? एकपल्ट काशीमा नुहाएर आउनुस्’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले नै जनताको बहुदलीय जनवाद (जबज) छाडेर नेकपा एमाले विघटन गरेको आरोप लगाएका छन् ।

चितवनमा प्रचण्ड–नेपाल पक्षीय भेलालाई सम्बोधन गर्दै पूर्व मन्त्री भट्टराईले २०७५ जेठ ३ गते पार्टी एकता गर्दा प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच एमाले विघटन गर्ने लिखित सहमति भएको बताए ।

‘त्यो सहमतिले एमालेलाई विधिवत रूपमा विघटन गरेको छ । एमाले विघटन कसले गर्‍यो ? जबज कसले छाड्यो ? आज उत्पात एमाले र उत्पात बहुदलीय जनवादी भएर निस्किने ? कि त गल्ती गरे भन्नुपर्‍यो,’ उनले भने, ‘एकपल्ट काशीमा नुहाएर आउनुस् । जाने–आउने व्यवस्था हामी मिलाउँला । काशीमा नुहाएर शुद्ध भएर आउनुस् ।’

नेता भट्टराईले प्रतिनिधिसभा विघटनको मुद्दा राजनीतिक भएकाले यसमा अदालत प्रवेश गर्न नहुने तर्क गरेका छन् । ‘प्रधानमन्त्रीले अदालतलाई जवाफ पठाउँदै यो राजनीतिक मुद्दा हो भन्नुभएको छ, हामी पनि भन्छौं यो राजनीतिक मुद्दा हो, अदालत प्रवेश नगरोस् । यदि संवैधानिक मुद्दा हो भने संविधानले प्रधानमन्त्रीलाई यो अधिकार दिएको छैन,’ उनले भने ।

यसअघि भेलालाई सम्बोधन गर्दै नेकपा नेत्री रामकुमारी झाक्रीले संसद विघटन राजनीतिक प्रश्न भएकाले यसको फैसला सडकबाटै हुने विचार व्यक्त गरेकी थिइन् ।

संविधान बनाउने बेलामा नै सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले नै प्रधानमन्त्रीको हातमा संसद विघटन गर्ने अधिकार दिन नहुने राय राख्नुभएको समेत नेता भट्टराईले स्मरण गरे ।

‘प्रधानमन्त्रीको हातबाट यो छडी झिक्नुपर्छ भनेर सुवासजीले भन्नुभएको थियो, प्रधानमन्त्रीको विचार पनि त्यही थियो । तर अहिले आफैंले संसद विघटन गर्नुभयो,’ उनले भने ।

प्रधानमन्त्री ओलीले विधिको शासन भन्ने गरेपनि अध्यादेशबाट देश चलाउनु विधिको शासन नभएको नेता भट्टराईले बताए ।

salt training

कमेन्ट गर्नुहोस्