१४ असार २०८३, आइतबार

सत्यनारायण मण्डललाई संसदीय दलको नेताबाट हटाउन प्रचण्ड–नेपाल पक्षले बेलायो बैठक

पुस २०, २०७७
सत्यनारायण मण्डललाई संसदीय दलको नेताबाट हटाउन प्रचण्ड–नेपाल पक्षले बेलायो बैठक
फाइल फोटो

प्रदेश नम्बर २ संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाउन प्रचण्ड–माधव नेपाल पक्षले सचिवालय बैठक बोलाएको छ ।

संसदीय दलका उपनेता रामकुमार यादवका अनुसार भोलिका लागि संसदीय दलको बैठक बोलाइएको हो ।

संसदीय दलका नेता मण्डलविरुद्ध प्रचण्ड–नेपाल पक्षका १९ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराइसकेका छन् ।

नेकपा स्थायी कमिटी सदस्य समेत रहेका मण्डल ओली पक्षका हुन् ।

यता ओलीपक्षीय स्थायी कमिटी सदस्य रघुवीर महासेठले अविश्वासको प्रस्ताव फेल हुने जिकिर गरे ।

आफूहरूसँग बहुमत रहेको उनको जिकिर छ ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सबै सांसद एकसाथ हुँदा ओली पक्ष अल्पमतमा पर्ने देखिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्