०५ असार २०८३, शुक्रबार

थप ४०३ जनामा कोरोना पुष्टि, ५९४ संक्रमित निको

थप ४०३ जनामा कोरोना पुष्टि, ५९४ संक्रमित निको

पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ६२ हजार २६२ पुगेको छ ।

हालसम्म भएका संक्रमितमध्ये २ लाख ५५ हजार ८८ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा ५९४ जना निको भएका मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २८९ रहेका मन्त्रालयले जनाएको छ ।

कोरोनाले थप ७ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको संख्या १ हजार ८८५ पुगेको मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्