१६ असार २०८३, मंगलबार

रसुवाको गोसाइँकुण्डमा एमाले विजयी

कात्तिक २०, २०७४
रसुवाको गोसाइँकुण्डमा एमाले विजयी

रसुवा, २ जेठ– रसुवा गोसाइँकुण्ड गाउँपालिकाको मत परिणाम घोषणा भएको छ । मुख्य निर्वाचन अधिकृत रामराजा उप्रेतीका अनुसार गाउँपालिका अध्यक्षमा एक हजार ८२८ मत प्राप्त गरी नेकपा एमालेका कैसाङनुर्पु तामाङ विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पेम्बा छिरिङ तामाङले एक हजार ५०५ मत प्राप्त गरेका छन् ।

यसैगरी, उपाध्यक्ष पदमा एक हजार ७४० मत प्राप्त गरी नेकपा एमाले कार्गेल्मो श्रेष्ठ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डेकी तामाङले एक हजार १४९ मत प्राप्त गरेका छन् ।

छवटा वडा रहेको गोसाइँकुण्ड गाउँपालिकामा तीन हजार ६९३ मतदाताले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका अन्य चार गाउँपालिकाको मतगणना कार्य जारी रहेको र भोलिसम्ममा सबै नतिजा आइसक्ने अनुमान गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्