

काठमाडौं, २ जेठ — बाग्लुङ जिल्लाको गलकोट नगरपालिकाको मेयर पदमा कांग्रेसका भरत गैरेले २५९६ मतका साथ अग्रस्थान हासिल गरेका छन् ।
दोस्रो स्थानमा राष्ट्रिय जनमोर्चा र एमालेका संयुक्त उम्मेदवार टंक केसीले १३३८ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका फमलाल निउरे ८७७ मतका साथ तेस्रो स्थानमा छन् ।
उपमेयर पदमा पनि कांग्रेस नै अघि छ । उक्त दलकी रेणुका काउचाले २५२४ मत पाएकी छन् । राष्ट्रिय जनमोर्चा र एमालेकी संयुक्त उम्मेदवार रत्ना भण्डारीले १४०५ मत पाएकी छन् । माओवादी केन्द्रकी ललिता थापा ९६२ मतका साथ तेस्रो स्थानमा छिन् ।