कास्की २ जेठ - कास्कीको पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालेको अग्रता कायम छ ।

मंगलवार साँझ ६ : ३० सम्मको नजिता अनुसार मेयर पदका लागि एमालेका मानबहादुर जिसीले १ हजार ८ सय ८९ मत सहित अग्रता कायम गरेका छन् ।
नेपाली काग्रेसका रामजी कुँवरले १ हजार ७ सय ८८ मत प्राप्त गरेका छन् । मतअन्तर १ सय १ छ । पोखरामा माओवादीले काग्रेस उम्मेदवारलाई सघाएको छ ।