काठमाडौं २ जेठ - काठमाडौं महानगरपालिकाको मेयरका लागि मतगणना जारी रहँदा एमालेले फेरि अग्रता लिएको छ । यसअघि दिउँसो कांग्रेसका उम्मेदवारले अग्रता लिएकोमा अहिले साँझ फेरि एमालेले अग्रता लिएको हो ।
कांग्रेसका उम्मेदवार राजुराज जोशीले ५ सय ७७ मत प्राप्त गरेका छन । नेकपा एमालेका विद्यासुन्दर शाक्यले ६ सय २५ मत प्राप्त गरेका छन् ।

साझा पार्टी समर्थित किशोर थापाले २ सय ३२ भोट पाएका छन् ।