बाबियाचौर (म्याग्दी), २ जेठ - म्याग्दीको धौलागिरि गाउँपालिका–३ मुनाको वडाध्यक्षमा नेकपा एमालेका पुर्म पुन ४३३ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।
पुनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका देवेन्द्र रोकाले ४१६ मत प्राप्त गर्नुभएको छ । महिला सदस्यमा नेपाली काँग्रेसकी रामदेवी पुन ४६४ मत र दलित महिला सदस्यमा काँग्रेसकी चुनदेवी रसाइली ४५९ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
खुल्ला वडा सदस्यमा एमालेका खबहादुर बुढा ४७६ मत र देउदत्त मल्ल ४७४ मत प्राप्त गरी विजयी हुनुभएको छ । एक हजार ५९७ मतदाता रहेको मुनामा एक हजार ६१ मत खसेको थियो । धौलागिरि–४ मुदीको पनि मतगणना सुरु भएको छ ।
अन्नपूर्ण–५ मा काँग्रेस विजयी
यसैगरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखको वडाध्यक्षमा नेपाली काँग्रेसका दिनेशकुमार पुनले ५७६ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । मगरका प्रतिस्पर्धी नेकपा एमालेका भीमबहादुर पुन मगरले ४६४ मत प्राप्त गर्नुभएको थियो ।
सदस्यहरुमा सबै काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । महिला सदस्यमा बिर्जु रन्तिजा ६२७, दलित महिला सदस्यमा रामसुवा नेपाली ६३४, खुल्ला सदस्यमा राजेश तिलिजा पुन ६३२ र धनबहादुर पाइजा ६४५ मत ल्याई निर्वाचित हुनुभएको छ । एक हजार ९४७ जना मतदाता रहेको शिखमा एक हजार २०८ मत खसेको थियो ।