असोज ३०, २०८०
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
बुढानिलकण्ठमा निर शाहको घर छ । शान्त वातावरणमा सजिएको २ तले आकर्षक घरभित्र निरको छुट्टै अफिस छ, जहाँ उनले दर्जनौं सम्मानपत्र, अवार्ड, पुरस्कारलाई निकै सुरक्षित तरिकाले राखेका छन् ।
आकर्षक घरभित्रको त्यो सानो अफिस पसेपछि जो कसैले उनको कामको कदर गर्छ, सम्मान गर्छ, एकाएक निरप्रति शिर उचो बन्छ ।
‘मैले कतिपटक सम्मान–अवार्ड पाएँ, त्यसको तथ्यांक नै छैन,’ उनी भन्छन्, ‘मेरो घरको मूल्यभन्दा धेरै मूल्यका सम्पत्ति छन् यहाँ । यी प्रमाणपत्र, अवार्ड र सम्मान पत्रको कति महत्त्व छ भन्ने कुरा मलाई मात्रै थाहा छ ।’
वरिष्ठ कलाकार निरले जीवनभर पाएका अवार्डले अफिसका टेबल, भित्ता भरिएका छन् । उनी थप्छन्, ‘एउटा कोठामा भरिएका यी प्रमाणपत्रले मेरा सन्ततिलाई भविष्यमा काम गर्न ठूलो ऊर्जा मिल्ने अपेक्षा गरेको छु । त्यसैका लागि छुट्टै कोठा बनाएको हुँ ।’
अभिनयमा पोख्त अभिनेता निर ७५ वर्षभन्दा धेरैका भए । तर जोस–जाँगर कुनै नयाँ कलाकारभन्दा कम छैन । उनको अभिनय नहेर्ने नेपाली चलचित्रका दर्शक सायदै होलान् । धेरैजसो बुवाको भूमिकामा काम गर्ने निर सकारात्मक पात्रमा सुहाउने गर्छन् ।
उनले हालै चलचित्र ‘परदेशी २’को काम सकाएका छन् । पोइ पर्यो बुढा ओके छ त, छक्कापञ्जा सिरिज लगायत केही चलचित्रसँग सम्झौता गरेका छन् । अरु केही ‘प्रोजेक्ट’ अध्ययन गरिरहेका छन् । उनी भन्छन्, ‘जीवनभर चलचित्रबाहेक अरु केही काम गरिएन । स्वास फेर्दासम्म चलचित्रमा काम गरौं भन्ने लाग्छ । त्यसैले अल्छी भन्ने फिटिक्कै लाग्दैन ।’
बुलन्द अभिनयका कारण निरले नेपालका अधिकांश अवार्ड हात पारेका छन् । विभिन्न सरकारी सम्मान पाएका छन् ।
अभिनेता तथा निर्देशक शाहले २०२७ सालदेखि चलचित्र यात्रा थालनी गरेका हुन् । त्यो हिसाबले पनि उनी चलचित्र उद्योगमा लागेको ५० वर्ष पूरा भएको छ । कलाकारितामार्फत धेरैले निरलाई चिन्छन् । तर उनको परिचय लेखन र निर्देशनमा पनि राम्रै छ । चलचित्र उद्योगमा लागेका अधिकांशले निरलाई सबैभन्दा अग्रज चलचित्रकर्मीको रूपमा लिन्छन् । उनलाई ‘भिष्म पितामह’को रूपमा पनि परिचय दिइन्छ । निरको डेब्यु चलचित्र ‘परिवर्तन’ हो । २०४१ सालमा चलचित्र ‘वासुदेव’को निर्देशन गरे । त्यसपछि उनले आधा दर्जन चलचित्रको निर्देशन समेत गरेका छन् ।
निरले डेढ सयको हाराहारी चलचित्रमा अभिनय गरेका छन् । उनी निर्देशित पछिल्लो सिनेमा ‘सेतो बाघ’ २०७१ सालमा प्रर्दशन भएको हो । निरलाई अझै केही चलचित्र निर्देशन गर्ने सोच छ । ‘त्यो मौका जुरेको छैन,’ उनी भन्छन्, ‘हेर्नोस्, चलचित्र निर्देशन भन्ने कुरा सामान्य विषय होइन । निर्देशकको सानो गल्तीले ठूलो प्रोजेक्ट धरापमा पर्न सक्छ, एउटा पाइलटले सयौं यात्रुलाई उडाएजस्तो ।’
त्यसो त निर नेपाल टेलिभिजनका संस्थापक अध्यक्ष समेत हुन् । त्यसबाहेक उनले चलचित्र विकास बोर्ड जस्ता दर्जनौं संघसंस्थाको उपल्लो पदमा रहेर काम गरेका छन् ।
निर शाह आजभोलि स्वास्थ्यलाई लिएर निकै गम्भीर छन् । खानपानमा ध्यान निकै ध्यान दिन्छन् । खान नहुने कुरा जाँड, रक्सी चुरोट छाडिसकेका छन् । चिल्लो, पिरो, चर्को खानपान उनलाई मन पर्दैन । शाहलाई केही पटक ‘हर्ट अट्याक’ भयो । त्यसले उनलाई धेरै गम्भीर बनायो ।
‘एकपटक त म अस्पताल पुग्न २५ मिनेट मात्रै ढिला भएको भए मर्ने थिएँ,’ उनले भने, ‘त्यसपछि पनि २ पटक अट्याक भयो ।’ उनले आजभोलि बाबा रामदेवको योग–ध्यान पनि निरन्तर गर्ने गरेका छन् ।
निर भन्छन्, ‘स्वास्थ्यलाई लिएर हेलचक्र्याइँ गरियो भने दुःख पाइन्छ । सोही कारण निकै सजग छु, आजभोलि ।’
पहिलैदेखि धुम्रपान गर्ने बानी थियो उनको । शाहले ‘सेतो बाघ’ निर्माणको समयमा अत्यधिक धुम्रपान गरेकाले ‘हर्ट अट्याक’ समस्या देखिएको अनुभव गरे । सोही कारण उनी मुटुमा कतै सानो चस्को पर्दा पनि तुरुन्तै अस्पताल पुगेर जाँच गराउँछन् । ‘हर्ट अट्याक शत्रुलाई पनि नहोस् । यसको पीडा निकै गाह्रो हुन्छ,’ उनले भने, ‘यो समस्याबाट टाढा रहने भनेको स्वयं उही व्यक्तिमा भर पर्छ ।’
त्यसो त शाह अन्य विभिन्न समस्याबाट पनि अछुतो रहेनन् । उनले २०१० सालको जन्मदिनको दिन सिम्लामा हुँदा पुनर्जन्म नै पाएका थिए । ठूलो सडक दुर्घटनाबाट बाँच्न सफल भएका उनी भन्छन्, ‘त्यो दिनको याद गर्दा अहिले पनि निद्राबाट ब्यूझन्छु ।’
निर शाह चलचित्र उद्योगलाई लिएर निकै चिन्तित छन् । ‘बिस्तारै चलचित्र उद्योग अघि बढ्दै थियो, एकाएक कोरोना महामारी देखियो,’ निरले चिन्तित हुँदै भने, ‘एकाएक चलचित्र उद्योगीलाई नराम्रोसँग असर पार्यो । यसले अघि बढ्दै गरेको चलचित्रलाई पछि धकेलेको छ । तर बिस्तारै अघि ल्याउन हामीहरू नै तात्नुपर्ने हुन्छ ।’
कोरोनापछि चलचित्र क्षेत्रलाई चलायमान गराउन र पुरानै लयमा फर्काउन सरकारी तवरबाट पनि सहयोग हुनुपर्ने उनको तर्क छ । निर चलचित्र विकास बोर्डप्रति पहिल्यैदेखि रुष्ट छन् । उनले धेरैपटक चलचित्र विकास बोर्डको औचित्य नरहेको बताउँदै आएका छन् । कतिपटक त उनले बोर्ड खारेजीको माग समेत गर्दै आएका छन् ।
‘कोरोनापछि समग्र नेपाली चलचित्रबारे बोर्डले के गर्दैछ ?’ उनले प्रश्न गर्दै भने, ‘मैले धेरै केही बोल्नु छैन । बोर्डले चलचित्र उद्योगभित्रको विषयमा नेतृत्वदायी भूमिका लिनुपर्ने हो । तर खासै नेतृत्वदायी भूमिकामा रहेको देखिएन ।’
निर समग्र नेपालको विकासक्रम, भ्रष्टाचार, राजनीतिक खिचातानीका कारण वाक्क छन् । हालै प्रधानमन्त्री केपी शर्मा ओली एकाएक संसद विघटन गरेपछि उनी झन् रुष्ट छन् । ‘हरे शिव यो के गरेको ?’ प्रधानमन्त्रीसँग रिसाउँदै निरले भने, ‘संविधानमा नभएको कुरा ल्याएर एकाएक संसद विघटन गर्ने ? जनताले स्थिर सरकार चाहेर बहुमत दिएका होइनन् ?’
प्रतिपक्ष कमजोर हुँदा पनि यस्तो स्थिति आएको उनको टिप्पणी छ । ‘समग्र देशमा कुन नेतृत्व भरपर्दो देखियो ? वास्तवमा नेपालीहरूले गर्वका साथ छाती फुलाएर यो मेरो नेता भन्न लायक कोही छ जस्तो लागेन, स्वयं नेताहरूका कारण । हामी कति अभागी एउटा नेताको फोटो घरमा सजाउन अझै पाएनौं,’ निरले दुःखी हुँदै भने, ‘पटक–पटक नेताहरूका कारण जनता आजित बनेका छन्, म आजित बनेको छु । समग्र युवा आजित बनेर पलायन भइरहेका छन्, खै कसले बुझ्छ यो कुरा ?’
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...