१९ असार २०८३, शुक्रबार

सडक विस्तार गर्न बुटवलका घरमा चल्यो डोजर

पुस २६, २०७७
सडक विस्तार गर्न बुटवलका घरमा चल्यो डोजर

रुपन्देहीको बुटवलस्थित मुख्य बजार क्षेत्रका घरधनीहरुले अटेर गरेपछि अन्तत डोजर प्रयोग गरी सडक विस्तारको काम अगाडि बढेको छ ।

राजमार्ग चौरहादेखि गोलपार्कसम्मको सडक क्षेत्राधिकार भित्र परेका घरधनीहरुले आफ्ना घरहरु भत्काउन अटेर गरेपछि सडक डिभिजन कार्यालय, बुटवलले डोजर लगाएर सडक विस्तारको काम अगाडि बढाएको हो । तीन वर्षदेखि घरधनीले अदालतमा मुद्दा दिँदा सडकको काम अगाडि बढ्न सकेको थिएन । 

यही पुस २० गते जारी गरिएको आदेशमा जिल्ला प्रशासन कार्यालय, रुपन्देहीबाट लगत संकलन गर्नका लागि सूचना प्रकाशन गरी कागजात माग गरिएको र उक्त सूचना बमोजिम पेश गरिएका कागजातहरुको सन्दर्भमा नापी कार्यालय बुटवलबाट जग्गाको पुनः नाप जाँचको समयमा सार्वजनिक सडक ऐन २०३१ अनुसार सडकको केन्द्र बिन्दुबाट दायाँबायाँ २५ र २५ मिटर कायम गरी राजमार्गको नाप नक्सा तयार पारी फिल्डबुक कायम भएपश्चात बाँकी रहेका जग्गाको निवेदकहरुले हाल साविक गराई नयाँ जग्गाधनी प्रमाणपुर्जा लिएको भन्ने देखिँदा २०७७ असार ९ गतेको आदेशलाई निरन्तरता दिनु परेन भन्ने’ उल्लेख गरिएको छ । सर्बोच्चले बाटो खुला गरेसँगै सडक विस्तारको काम अगाडि बढाउन बाटो खुला गरेसँगै सडक कार्यालयले २४ घण्टाभित्र घर खाली गर्न सूचना जारी गरेको थियो । 

आइतबार बिहान कार्यालयले डोजर लगाएर घरहरु भत्काउन सुरु गरेको हो । ३.९ किलोमिटर यो सडकक्षेत्रभित्र ३११ घरहरु भत्काउनुपर्ने अवस्थामा छन् । 

त्यसमध्ये केही घरधनीले आफै घर भत्काएका छन् । ४ लेनको यो सडक सिक्स लेनमा विस्तार गर्न लागिएको हो । ट्राफिकचोकका घरहरुबाट डोजर चलाएर भत्काउन लागिएको छ । सडक विस्तार अब नरोकिएन सडक डिजिभन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले जानकारी दिए । यो सडक पूर्व परिश्चम र सिद्धार्थ राजमार्ग दुवैमा पर्छ । 

salt training

कमेन्ट गर्नुहोस्