काठमाडौँ, ३ जेठ- स्थानीय तहको पहिलो चरणको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको शपथग्रहणको बाटो खुलेको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन नियमावली ०७३ संशोधन गरी शपथग्रहणको व्यवस्था गरेको हो । दोस्रो चरणको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले पनि सोही कानुनअनुसार शपथ गर्ने भएका छन्, नयाँ पत्रिकामा खबर छ ।
प्रमुख/अध्यक्ष तथा सदस्यको शपथग्रहण व्यहोरा –म …………. मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु/ईश्वर/देश र जनताको नाममा शपथ लिन्छु कि नेपालको राजकीय र सार्वभौमसत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रहँदै गाउँ कार्यपालिकाको अध्यक्ष/उपाध्यक्ष/सदस्य/गाउँपालिकाको वडाध्यक्षरवडा समितिको सदस्य/नगरकार्यपालिकाको प्रमुख/उपप्रमुख/सदस्य/नगरपालिकाको वडाध्यक्ष/वडा समितिको सदस्य/जिल्ला समन्वय समितिको प्रमुख/उपप्रमुख/सदस्य पदको कामकाज प्रचलित कानुनको अधीनमा रही मुलुक र जनताको सोझो चिताई, कसैको डर नमानी, पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई पदीय गोपनीयता कायम राखी इमानदारिताका साथ गर्नेछु ।