काठमाडौं, ३ जेठ– काठमाडौं महानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । एमालेका मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले बुधबार बिहानसम्म १०६६ मतका साथ अग्रता कायम राखेका हुन् ।

कांग्रेसका राजुराज जोशीले ५६० मत ल्याउँदा विवेकशील नेपाली दलले ५०१ मत ल्याएको छ । यस्तै साझा पार्टीका उम्मेदवारले ३३७ मत ल्याएका छन् ।
यस्तै उपमेयरतर्फ हरिप्रभा खड्कीले ९४२ मत ल्याएकी छन् भने राप्रपाका उपमेयर उम्मेदवार राजाराम श्रेष्ठले ६४१ मत ल्याएका छन् ।
यता ललितपुर महानगरमा कांग्रेसले अग्रता फराकिलो बनाएको छ । कांग्रेसका मेयर उम्मेदवार चिरीबाबु महर्जनले ६०८६ मत ल्याएका छन् । यस्तै एमालेका हरिकृष्ण व्यञ्जनकारले ५७७९ मत ल्याएका छन् । साझा पार्टीका उम्मेदवार ३४५९ मतका साथ तेस्रो स्थानमा छन् ।
उपमेयरतर्फ गीता सत्यालले ४६४७ मत ल्याएकी छन् भने राप्रपाका बाबुकाजी प्रधानले २२५३ मत ल्याउँदा स्वतन्त्र उम्मेदवारले स्वतन्त्र ३४७५ मत ल्याएका छन् ।