३२ असार २०८३, बिहीबार

प्रधानमन्त्री ओलीको ट्वीट : ‘एकीकरणमा राजा पृथ्वीनारायण शाहको योगदान अतुलनीय’

प्रधानमन्त्री ओलीको ट्वीट : ‘एकीकरणमा राजा पृथ्वीनारायण शाहको योगदान अतुलनीय’

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको एकीकरणमा राजा पृथ्वीनारायण शाहको योगदान अतुलनीय रहेको जनाएका छन् ।

२९९ औं पृथ्वी जयन्तीको अवसरमा सामाजिक सञ्जाल ट्विटरमा लेख्दै प्रधानमन्त्री ओलीले शाहप्रति श्रद्धाञ्जलि तथा सम्मान व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘नेपाल राष्ट्रको एकीकरणमा राजा पृथ्वीनारायण शाहको योगदान अतुलनीय छ । आज उहाँको २९९ औं जन्म जयन्तीको अवसरमा उक्त विशिष्ठ योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि तथा सम्मान व्यक्त गर्दछु ।’

salt training

कमेन्ट गर्नुहोस्