१० असार २०८३, बुधबार

पत्रकार स्व. उमा सिंहका नाममा ५ लाख रुपैयाँको अक्षय कोष सञ्चालनमा

पुस २७, २०७७
पत्रकार स्व. उमा सिंहका नाममा ५ लाख रुपैयाँको अक्षय कोष सञ्चालनमा
प्रतिकात्मक तस्वीर

जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरका पत्रकार स्व. उमा सिंहको १२ औं स्मृति दिवस मनाएको छ ।

कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले जनकपुरधामले एक निडर पत्रकार गुमाएको बताउँदै उनका नाममा पत्रकारका लागि गत वर्ष घोषित ५ लाख रुपैयाँको अक्षय कोष यस वर्षदेखि विधिवत् रूपमा सञ्चालनमा ल्याइएको जानकारी दिए ।

उनका अनुसार सो अक्षय कोषबाट पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान दिने पत्रकारलाई पुरस्कृत गरिने छ । आमा सुशीलासँगै बस्दै आएकी सिंहको २०६५ सालमा आजकै दिन राति करीब ८ बजे जनकपुरको रजौलस्थित डेरामा हत्या गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्