३२ असार २०८३, बिहीबार

ओलीले भने–चुनावपछि फेरि सत्तामा आउँछु

ओलीले भने–चुनावपछि फेरि सत्तामा आउँछु

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखमा हुने निर्वाचनपछि फेरि आफू नै सत्तामा पुग्ने दावी गरेका छन् । सोमबार टेलिभिजन ‘जी न्यूज’लाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले वैशाखमा हुने निर्वाचनमा आफ्नो पार्टीले अत्यधिक बहुमत ल्याउने दावी गरे । ओलीले प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा गरेका छन् ।

नेपाली जनताले विकास, समृद्धि चाहेको र जनताको त्यो चाहनालाई पूरा गर्न आफूले सार्थक प्रयास गरिरहेको समेत उनले बताए ।
अर्को प्रसंगमा उनले भारत र चीनबीच विवादित क्षेत्र गलवानका बारेमा आफूले टिप्पणी नगर्ने बताए ।
दुई छिमेकी मुलुक बीचको विवादमा नेपाललाई कसैको पक्ष वा विपक्षमा लाग्न जरुरी नरहेको उनको भनाइ छ । दुबै देशसँग नेपालले सन्तुलित सम्बन्ध चाहेको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्