रसुवा, ३ जेठ - रसुवाको कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ । अध्यक्षमा सिता कुमारी पौडेलले १ हजार ४ सय ५८ मत प्राप्त गरी विजयी भएकी हुन ।

उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका साधुराम पौडेलको १ हजार २ सय २५ मत प्राप्त गरे । यस्तै गाउँपालिकाको उपाध्यक्षमा भवानी प्रसाद न्यौपानेले १ हजार ७ सय २ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रकी शिला मगरले १ हजार ४ सय ११ मत प्राप्त गरिन् ।