
झापाको दमक–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा आगलागीमा जलेर १ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमवार राति अचानक आगलागीमा परेर मृत्यु हुनेमा शिविरको सेक्टर नम्बर डी ४, छाप्रा नम्बर ३२५ बस्ने ६० वर्षीय देशमान राई रहेका छन् । मृतक पक्षघातका बिरामी थिए ।
बाँसको टाटीले बारेको टिनको छाना भएको एकतले छाप्रामा बस्दै आएका उनको घटनास्थलमै जलेर मृत्यु भएको प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए ।
आगलागीबाट छाप्रा नष्ट हुँदा छाप्राभित्र रहेको सुन १ तोला, चाँदी १० तोला, नगद ३ लाख रुपैयाँसहित खाद्यान्न तथा लत्ताकपडा पूर्णरुपमा जली नष्ट हुँदा करीब ८ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।