०४ असार २०८३, बिहीबार

‘एउटा यस्तो प्रेम कहानी’ हेर्न प्रधानमन्त्री ओलीलाई निम्तो

‘एउटा यस्तो प्रेम कहानी’ हेर्न प्रधानमन्त्री ओलीलाई निम्तो

शिव श्रेष्ठले ‘एउटा यस्तो प्रेम कहानी’ हेर्नका लागि प्रधानमन्त्री केपी ओलीलाई निम्तो दिएका छन् ।

प्रधानमन्त्रीले समय मिलाएर फिल्म हेर्न आउने आश्वासन दिएका छन् । लोकान्तरसँग बोल्दै अभिनेता श्रेष्ठले भने, ‘प्रधानमन्त्री लामो समयपछि हल खुलेकोमा खुशी हुनुहुन्छ । सम्भवतः हाम्रो फिल्म हेर्न आउनुहुन्छ भन्ने अपेक्षा गरेको छु ।’

अभिनेता शिव श्रेष्ठको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गते देशभरका हलमा प्रदर्शन हुँदैछ । यो चलचित्रमा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज श्रेष्ठ, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुसाल, किरण केसी, मिथिला शर्मा, रेखा फागो, नरेन खड्का लगायतका कलाकारको अभिनय छ ।

शिव श्रेष्ठले प्रदर्शनका बेला भव्य प्रिमियर आयोजना समेत गर्ने तयारी गरेका छन् । सरकारले आइतवार देशभरका हल खोल्न दिने निर्णय गरेको थियो । सरकारी नियमअनुसार ५० प्रतिशत अकुपेन्सीमा मात्र फिल्म देखाउन पाइने छ । सोही कारण शिवको महंगो बजेटमा निर्माण भएको चलचित्र चल्छ वा चल्दैन, दर्शक कत्तिको आउँछन् भन्ने कुनै अनुमान लगाउन सकिएको छैन । लकडाउनपछि पहिलोपटक शिव श्रेष्ठले हलमा चलचित्र प्रदर्शन गर्न लागेका हुन् ।

सोही दिन चलचित्र ‘एक लभर’ समेत प्रदर्शन हुँदैछ । सर्ट मुभीको रूपमा चलचित्र निर्माण भए पनि यसको चौतर्फी चर्चा छ । चलचित्र भने यूटुयुबमार्फत प्रदर्शन हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्