
बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाले आफ्नो एक पूरानो तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।
उनले इन्स्टाग्राममा आफ्नो किशोरावस्थाको तस्वीर शेयर गरेकी हुन्, जतिबेला उनको उमेर मात्र १७ वर्षको थियो ।
उनले शेयर गरेको तस्वीर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।
बलिउडकै चर्चित कलाकारहरूका साथमा उनका फ्यानहरूले पनि सो तस्वीरलाई निकै रूचाएका छन् ।
तस्वीरमा ऋतिक रोशनले ‘स्वीट’ कमेन्ट गरेका छन् ।