
काठमाडौं, ३ जेठ –जाजरकोटको भेरी नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । पछिल्लो मत परिणाम अनुसार नगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवार सिपी घर्तीमगरले ३ हजार ९ सय ७७ मत ल्याएका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सनतकुमार कार्कीले ३ हजार ५ सय ३५ मत ल्याएका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार ढकविर लामाले ३ हजार ३ सय ७४ मत प्राप्त गरेका छन् ।