२४ जेठ २०८३, आइतबार

जापानमा कोभिडका कारण लगाइएको संकटकालको क्षेत्र बढाइने

जापानमा कोभिडका कारण लगाइएको संकटकालको क्षेत्र बढाइने

जापान सरकारले हालैका दिनमा राजधानी टोकियोमा कोभिडका कारणले लगाएको संकटकालको अवस्थालाई थप विस्तार गर्ने भएको छ ।

जापानी प्रधानमन्त्री योशिहिदे सुगाले सो संकटकालको क्षेत्र बढाउने विषयमा तयारी थाल्नुभएको पनि यहाँका अधिकारीहरुले जानकारी गराएका छन् ।

हाल जापान सरकारले यस्तो प्रकारको संकटकाल जापानको राजधानी टोकियोमा लगाउँदै आएको छ । तर सो क्षेत्रलाई अझ विस्तार गरिने तयारी जापानका प्रधानमन्त्री सुगाले गर्नुभएको राजधानी टोकियोबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

टोकियोबाट प्राप्त भएको समाचारमा सो संकटकाल जापानको राजधानी टोकियो बाहेकका क्षेत्रहरु जस्तो ओसाका, क्योटो र ह्योगोसम्म पनि विस्तार गर्न सकिने भएको हो ।

जापान सरकारले गएको शुक्रबारदेखि राजधानी टोकियोमा यो संकटकाल लगाएको थियो । तर सो संकटकालीन क्षेत्रलाई थप विस्तार गरेर अरु क्षेत्रमा पनि पु¥याइने भएको हो ।

ती क्षेत्रहरुमा आफूले संकटकालीन अवस्थालाई बढाउने विषयमा तयारी गरिरहेको जानकारी प्रधानमन्त्री सुगाले आफ्नो दल लिबरल डेमोक्रेटिक पार्टी, एलडिपीलाई पनि गराएको समाचारमा जनाइएको छ ।

जापान सरकारले राजधानी टोकियोसहितका यसको वरपर रहेका अरु तीन ओटा प्रिफेक्चरहरु चिबा, कानागावा र साइतामामा पनि संकटकालको घोषणा गरेको थियो ।

यसपछि जापानको सरकारले यहाँका अरु प्रिफेक्चरमा पनि यो संकटकालीन अवस्था बढाउने तयारी थालेको समाचार यसअघि नै अएको थियो । खासगरी शुरु शुरुमा जापानको राजधानी टोकियोमा मात्र देखिएको कोरोना भाइरसको संक्रमण यस बाहेकका बाहिरका क्षेत्रमा पनि देखिन थालेपछि पछिल्ला दिनहरुमा आएर जापानले यस्तो नीति लिएको हो ।

अहिले जापानका प्रायः पश्चिमी प्रिफेक्चरहरुमा यसको प्रकोप बढ्दै गएको छ । जसका कारण जापान सरकारले ती क्षेत्रमा आवश्यक सहायताका प्याकेजहरुको समेत घोषणा गरी संकटकालको घोषणा गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्