०३ साउन २०८३, आइतबार

एमालेका पुरुषलाई हराएर कांग्रेसकी महिला बनिन् गाउँपालिका अध्यक्ष

कात्तिक २०, २०७४
एमालेका पुरुषलाई हराएर कांग्रेसकी महिला बनिन् गाउँपालिका अध्यक्ष

नवलपरासी, ३ जेठ–  नवलपरासीको हुप्सेकोट गाउँपालिकाको अध्यक्ष पदमा स्थानीय तहको निर्वाचनमा सम्भवतः नेपालमा पहिलो पटक महिला उम्मेदवार विजयी भएकी छन् ।

नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेकी लक्ष्मी पाण्डेले कुल चार हजार ५९२ मत प्राप्त गरी विजयी भइन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मेघबहादुर पुलामीले चार हजार ३५८ मत प्राप्त गरेका थिए ।

त्यसैगरी, उपाध्यक्षमा एमालेका उम्मेदवार कोपिला मल्ल कुल चार हजार ४६८ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार ओम थापाले चार हजार ४१३ मत प्राप्त गरेका हुन् ।

यसैगरी, नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार डम्मर जिसी एक हजार ५७९ मत अन्तरका साथ विजयी भएका छन्। यसैगरी, गाउँपालिकाको उपाध्यक्षमा पनि नेपाली काँग्रेसकै उम्मेदवार मिना राना एक हजार ४९४ मतअन्तरले विजयी बनेका हुन् ।

अध्यक्ष पदमा जिसीले कुल ६ हजार ०९९ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मण पाण्डेले ५ हजार ३३० मत प्राप्त गरेका थिए ।

यसैगरी, उपाध्यक्ष पदमा रानाले कुल ६ हजार ८९६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी तारा कुमारी विकले ५ हजार ४०२ मत प्राप्त गरेकी थिइन् ।

यसअगावै, नवलपरासीको बुङ्दीकाली गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका दुर्गाबहादुर राना विजयी भइसकेका छन् । यसैगरी, उपाध्यक्षमा पनि काँग्रेसकै मायादेवी श्रेष्ठ बिजयी भइसकेकी थिइन् ।

योसँगै नवलपरासीका कुल चारवटा गाउँपालिकामध्ये तीनवटा गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार अध्यक्ष पदमा निर्वाचित भइसकेका छन् । हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकाली गाउँपालिकामा काँग्रेस विजयी बनेको हो ।

salt training

कमेन्ट गर्नुहोस्