०९ असार २०८३, मंगलबार

रुकुमपूर्वमा अर्धवार्षिक अवधिमा ९०७ जनालाई नागरिकता वितरण

पुस २९, २०७७
रुकुमपूर्वमा अर्धवार्षिक अवधिमा ९०७ जनालाई नागरिकता वितरण
प्रतिकात्मक तस्वीर

जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले ६ महिनाको अवधिमा ९०७ जनालाई नयाँ नागरिकता वितरण गरेको छ ।

कार्यालयले यस आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ४६५ महिला र ४४२ पुरुषलाई नयाँ नागरिकता वितरण गरेको हो ।

गत आर्थिक वर्षमा भने १ वर्षको अवधिमा १ हजार ७३ जनालाई नागरिकता वितरण गरिएको थियो । यस आवको गत साउनदेखि पुस २८ गतेसम्म भने नागरिकता लिने व्यक्तिको संख्या ९०७ पुगेको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए ।

कार्यालयको अर्धवार्षिक कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्दै उनले यस्तो जानकारी दिएका हुन् । ३१३ जनालाई प्रतिलिपि नागरिकता वितरण गरिएको छ भने ३ हजार ३८६ पुरानो डाटा इन्ट्री गरिएको प्रतिवेदन प्रजिअ राईले विवरण प्रस्तुत गरे । 

राष्ट्रिय परिचयपत्र वितरणको लागि ९४४ जनाको विवरण दर्ता गरिएको छ । जसमा ६३२ महिला र ३१२ पुरुष छन् ।

अर्धवार्षिक अवधिमा प्रशासन कार्यालयबाट ३१३ जनाले राहधानीका लागि सिफारिस लिएका छन् । जसमा १३५ महिला र १७८ पुरुष छन् । जिल्ला प्रशासन कार्यालयले मंगलवार आफ्नो अर्धवार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्नुका साथै सुझाव संकलन पनि गरेको छ ।

प्रशासन कार्यालयले कार्यालयबाट हुने नियमित कामकाजका साथै अन्य नमूनायोग्य काम पनि गर्दै आएको छ । जिल्लाको शान्ति सुरक्षा, स्थानीय प्रशासन सञ्चालन, नागरिकता वितरण, विपद् व्यवस्थापन, लागुऔषध नियन्त्रण, उजुरी छानबिनदेखि लिएर भ्रष्टाचार नियन्त्रण, विकासे कार्यमा सहयोग गर्नुका साथै निर्वाचन आयोगको निर्देशनअनुसार निर्वाचनसम्बन्धी काम गर्दै आएको छ ।

नियमित हुने यी कामकाजसँगै प्रशासन कार्यालयले ‘हरेक दिन नयाँ काम’ अभियान थालनी गरी प्रत्येक दिन एउटा नयाँ काम गर्दै आएको छ भने त्यसको जानकारी प्रत्येक महिनाको अन्त्यमा जानकारी गराइँदै आएको प्रशासनले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्