११ असार २०८३, बिहीबार

चितवनका सीडीओ भट्ट भन्छन् –भरतपुर महानगरमा मतगणना जारी छ

कात्तिक २०, २०७४
चितवनका सीडीओ भट्ट भन्छन् –भरतपुर महानगरमा मतगणना जारी छ

काठमाडौं, ३ जेठ –भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको खबर आइरहँदा जिल्ला प्रशासन कार्यालय चितवनले त्यसको खण्डन गरेको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले मतगणना साविक बमोजिम नै चलिरहेको लोकान्तरलाई बताए । ‘मतगणनामा कुनै विवाद आएको छैन,’ प्रजिअ भट्टले भने । उनका अनुसार अहिले भरतपुर नगरपालिकाको मतगणना ६ स्थानबाट भइरहेको छ ।

प्रत्येक ३ घण्टामा एउटा वडाको मतगणना भ्याउनेगरी काम सुरु गर्न लागेको प्रजिअ भट्टले बताए ।

यसअघि ३ र ४ वडाको मतगणना जारी रहेकै बेला मतपेटिकाबाट मतपत्र हराएको भन्दै मतगणना स्थगीत भएको खबर आएको थियो । लोकान्तरसँगको कुराकानीका क्रममा प्रजिअ भट्टले भने त्यसो नभएको प्रष्ट्याएका छन् ।

मतगणनाको पछिल्लो परिणामअनुसार भरतपुरको मेयरका लागि एमालेका उम्मेदवार देवी ज्ञवालीले २ हजार ४ सय ५९ मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले १ हजार ६ सय २९ मत ल्याएकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्