२८ जेठ २०८३, बिहीबार

छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

पुस २९, २०७७
छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

मध्यपहाडी लोकमार्गमा अनियन्त्रित भएर १ ट्रयाक्टर सडकदेखि खस्दा चालकको मृत्यु भएको छ ।

ध१त ४७१२ नम्बरको खाली ट्रयाक्टर मंगलवार राति १० बजे बागलुङ नगरपालिका–३ बोक्सेगैह्रामा सडकदेखि १५० मिटर तल खसेको थियो । 

घटनामा म्याग्दीको धौलागिरि गाउँपालिका–७ मुना घर भएका २९ वर्षीय चालक केशबहादुर पुन मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले बताए । घटनामा सहचालक सकुशल भेटिएका थिए । 

मंगलवार नैै ढोरपाटन नगरपालिका–९ को नवचेतना प्राविकी शिक्षक मृत फेला परेकी छन् । स्थानीय भुजीखोलामा विद्यालय पोशाकमै उनको शव भेटिएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए । उनको झोला, मोवाइल लगायत सामान खोला छेउमै भेटिएका थिए ।

नहर छेउबाट हिँड्दा लडेको जस्तो अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्