०३ साउन २०८३, आइतबार

विद्यालयमा छोटो स्कर्ट लगाएर आउन मानिनन् यी विद्यार्थीले, व्यवस्थापनले दियो धम्की

माघ ४, २०७७
विद्यालयमा छोटो स्कर्ट लगाएर आउन मानिनन् यी विद्यार्थीले, व्यवस्थापनले दियो धम्की

बेलायतमा मुसलमान परिवारकी एक बालिकालाई लामो स्कर्ट लगाएर आएको भन्दै विद्यालय प्रशासनले कानूनी कारवाहीको धम्की दिएको छ । 
 

सिहम हमुद नामक १२ वर्षीया ती बालिकालाई पश्चिमी लन्डनको हिलिंगडनस्थित अक्सब्रिज हाईस्कूलले गत डिसेम्बर महिनामा प्रत्येक दिन विद्यालयबाट बीचैमा निकालेर घर पठाइदिने गरेको थियो । आफूलाई धार्मिक आस्थाका कारण सताइएको हमुदको भनाइ छ । 

उनले वर्षौंदेखि घुँडासम्म आउने स्कर्ट लगाउने गरेकी थिइन् । तर अघिल्लो महिना उनको युनिफर्म गलत रहेको भनी शिक्षिकाहरूले बताएपछि उनी स्तब्ध भएकी थिइन् । 

विद्यालयले बालिकाहरूलाई कालो ट्राउजर वा कालो रंगको छोटो स्कर्ट लगाउन आदेश दिएको छ । यो नियम दुई वर्षअघि लागू गरिएको हो । 

तर सिहमका पिता इद्रिस हमुदले आफ्नो परिवारको धार्मिक आस्थाले छोटो स्कर्ट लगाउन अनुमति नदिने बताए । त्यसैले गर्दा छोरीले विद्यालय जान नमानेको उनी बताउँछन् । 
 

सिहम कोभिडको लकडाउनका कारण घरैमा बसेर पढिरहेकी छन् । आफूलाई आस्थाकै कारण भेदभाव गरिएको उनी बताउँछिन् । 

दुई वर्षअघि नियम ल्याइएको भए पनि आफूहरूले यसको बारेमा अहिले मात्र थाहा पाएको परिवारको दाबी छ । नियम तोडेको बारेमा आफूलाई जानकारी नभएको र लामो स्कर्ट लगाएर गइरहेको सिहमले बताइन् । शिक्षकहरूले डिसेम्बर १ मा मात्र यसको बारेमा बताएको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्