
काठमाडौं, ३ जेठ – बाहिर कमाएको नाम मात्र ठूलो भएर के गर्नु, भित्रभित्रै नियत विग्रीएपछि । कांग्रेस नेता तथा स्वास्थ्यमन्त्री गगन थापाले आफ्ना निकटस्थमाथि प्रहरीले सामान्य धक्काधम्की मात्र गर्दा रातारात सरुवाको उर्दी लगाए ।
त्यति गरिसकेर पनि कुराको ठेगान लगाउनु नि, भोलिपल्टै सरुवा गर्नु भनिएका प्रहरी उनैलाई सलाम गर्न खडा भए ।
त्यही दिन, जुन दिन गगन थापा कपनको गौरीशंकर टोलबाट एमाले कार्यकर्ताको लेखटाइमा परेका थिए । विहान खानेपानी व्यवस्थापन बारे छलफल गर्ने नाममा कांग्रेसलाई भोट मागिँरहँदा उनी घेराबन्दीमा परे ।
त्यही बेलुकी अर्को घटना भयो, प्रहरी फेर्ने । मनोज सिग्देल अघिपछि पनि गगनको नाममा हाटहुट गर्थे । तर, मतदानको अघिल्लो साँझ आफ्नै घरका कामदार झैँ व्यवहार गर्दा प्रहरीको कुटाई भेटे ।
भेलिपल्टको मतदान कार्यलाई सौहार्दपूर्ण बनाउन खटिएका कर्मतारी र दलका प्रतिनिधीबीच छलफल गराई रहँदा गगन दाईको आदेश हो यो भन्दै मनोजले सई विजय भण्डारीसँग् सक्कली मतपत्र मागे ।
‘यहाँ कसैको आदेश सादेश चल्दैन मतपत्र कसैलाई दिन मिल्दैन’ भन्दै सई कराए । तर, मनोज थामिएनन्, तलाईं ठीक पार्नुपर्यो ? के ठान्या छस्, तैँले भन्दै कराएपछि सईले कठालो समाएर केही पर हुत्याइदिए । उनले त्यहीँबाट गगनलाई फोन गरे ।
घटनाको १० मिनेटपछि सर्वदलीय छलफल बसिरहेका सई भण्डारीलाई खबर आयो, कपनबाट बिथड्र भएर तुरुन्त सुन्दरीजलको डिउटी बुझ्ने ।
प्रहरीले नै हाकिमको प्रतिवाद गर्न थाले । उनीहरुले बौद्धका डिएसपी विपिन रेग्मीलाई भने, रातपरेपछि सई साबलाई बोलाउने हो भने हामी डिउटीनै गर्दैनौं ।
भोलि अर्कोसँग भनाभन होला र उसलाई पनि बोलाइएला, यदि त्यस्तो हो भने यहाँ नयाँ टोलीनै खटाउनुहोस् । हैन भने एउटा सई सावलाई मात्रै दुख दिन भएन ।
यसरी राति १० बजे सम्म गलफत्ति चलिरह्यो, गगनको आदेश फेल खायो, सई त्यहीँ बसिरहे ।
त्यसदिन विहान खानेपानी समस्या बारे छलफल गर्न उनी अन्तै पुगेको भए केही हुँदैन थियो होला तर पुगिदिए एमाले वडाध्यक्षका उम्मेदवार नवराज भट्टराईको घरै अगाडी । जहाँ पानीको मुहान छ जोरधारा ।
त्यो खानेपानी उपभोक्ता समितिका अध्यक्ष हुन एमाले क्षेत्र नम्बर ४ का क्षेत्रीय कमिटि सचिव तथा जिल्ला खेलकुद विकास समतिका अध्यक्ष धु्रबराज न्यौपाने ।
अध्यक्षको जानकारी विनै गगन आफ्ना घरमा खानेपानी भन्दै भोट माग्न पुगेपछि उनले अध्यक्षलाई खबर गरे । खबर पाएपछि एमाले कार्यकर्ता उत्तेजित भए ।
तर उनै न्यौपानले आफ्ना कार्यकर्तालाई संयमित हुन आग्रह गर्दै गगनलाई खुरुक्क त्यहाँबाट जान आग्रह गर्दै आफूले कार्यकर्ता सम्हाल्ने बताए ।
त्यसपछि अघि अघि गगन थापा गाडीमा गए, पछि पछि एमाले कार्यकर्ताहरु गगन थापा मुर्दावाद भन्दै नारा लगाउँदै गए । न्यौपानेले सुकेधारा सम्म पछ्याएपछि गगनलाई छोडिदिन आग्रह गरे ।
सोही क्रममा निजामती कर्मचारी संगठनको केन्द्रीय उपाध्यक्ष भवानी दाहालका छोरा उज्जल घाइते पनि भए ।
यस्तै यस्तै घटना मतदान चलिरहँदा ३१ ग्ते दिउँसो पनि भयो । २ बजेको आसपासमा गनन बालउद्दार मावि मतदान केन्द्रमा पुगे, हतियारधारी सुरक्षाकर्मीको साथमा ।
बुथभित्र छिरेनन् । बाहिरै बसेर गफ गरे । त्यसपछि वडा नम्बर १२ को बुथ भएको खरीबोट फैका पुगे । त्यहाँ पनि वरिपरि मान्छे राखेर बाटैमा गफ गर्न थाले । एमाले कार्यकर्ता कर्ण तामाङ सहितको जत्थालृे भिड भो भिड भो भन्दै बाटो खोलिदिन आग्रह गरे । गगन सुनेको नसुन्यै भए । त्यसपछि एक जनाले नजिकै गएर भने तपाई कान सुन्नुहुन्न, साइड लाग्नुहोस भनेको भनेर कराए । त्यसपछि गगन गाडीमा चढे । त्यो बेला गगन केही बर्बराइरहेका थिए ।
गगनको समस्याकपन संसदीय निर्वाचनमा क्षेत्र नम्बर ४ को मात्र भोट बैंक नभएर अहिलेको स्थानीय निर्वाचनका क्रममा बूढानिलकण्ठ नगरपालिकाकै सबभन्दा बढी मतदाता भएको ठाउँ हो ।
२०७० को दोस्रो संविधानसभा निर्वाचनमा गगनले त्यहाँबाट भारी मतका साथ जितेका थिए ।
तर जितेलगत्तै सडक खानेपानी लगायका समस्या चर्कँदै गएपछि स्थानीय वासिन्दा उनीसँग क्रुद्ध बन्दै गएका थिए ।
त्यसपछि पार्टी महाधिवेशन पूर्व स्थानीय पार्टी कमिटिमा उनको प्रभाव क्रमश कम भयो ।
क्षेत्रीय समितिमा गगनले उठाएका न्हुच्छे महर्जनलाइ हालका मेयरका उम्मेदवार राजु श्रेष्ठले पराजित गरे । कपन बूढानिलकण्ठ नगरपालिकामा गाभिएपछि त्यसपछि त्यहाँ १०, ११ र १२ वडा कायम गरिएको छ ।
तर प्रतावित तीन वटै वडामा गगनका पक्षधर थिएनन् । त्यसपछि मापदण्डनै बनाएर वडामा सक्रिए कमिटिका अध्यक्षलाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गराए ।
त्यसो गर्दा पनि १० नम्बर वडामा मात्रै गगनका उम्मेदवार भए, श्याम डोटेल ।
त्यहाँ शेरबहादुर दाई बस्नुहुन्छ, मैले त्यहीँबाट निर्वाचन जितेको हो । यहाँ कसैले जित्नुहुँदैन, जित्न सक्दैन भनेर २८ गते अन्तिम चुनावी भाषण गरेका गगनले यो कुरा जसरी पनि पूरा गर्नुपर्ने थियो ।
त्यसै कारणले हो उनको छटपटी । त्यसमा पनि बार्गेनीङ गर्दा गर्दा पाएको वडा नम्बर १० को वडाध्यक्ष गगनको साख कहीँ बाँकी नरहे भएपछि उनीले त्यो वडालाई बसैभन्दा बढी फोकस गरे ।
पहिले कांग्रेसका तर्फबाट लोकप्रीय उम्मेदवार रामप्रसाद लुईंटेलको उम्मेदवारी घोषणा भएको हो । तर गगनको अडानको कारणले गर्दा डोटेलले उम्मेदवार पाएपछि कतिपय कांग्रेसीहरु एमालेका नवराजकै पक्षमा भोट मागिरहेका थिए ।
यसरी राजनीतिमा कहलिएका सरकारका क्याबिनेट मन्त्री एउटा अति सामान्य एमाले कार्यकर्ता नवराज भट्टराईले जित्लान भनेर दिनदिनै कपन छिर्न थालेपछि एमाले कार्यकर्ता उत्तेजित भएका थिए ।
जनआस्थाबाट