
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता तथा पूर्व मन्त्री योगेश भट्टराईले देशमा के हुँदैछ भनेर प्रश्न गरेका छन् ।
नेता भट्टराईले बिहीवार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै संसद विघटनको पक्ष/विपक्षमा रहेका वकिलहरूलाई संकेत गर्दै प्रश्न गरेका हुन् ।
भट्टराईले ट्वीटमा लेखेका छन्, ‘हिजो लोकतन्त्रका विरुद्ध र लोकतन्त्रवादीहरूलाई जेल पठाउन बहस गर्ने वकिलहरू आज प्रधानमन्त्रीका पक्षमा बहस गर्दैछन्, अर्कातिर हिजोदेखि आजसम्म लोकतन्त्रका पक्षमा र आन्दोलनकारी नेता र कार्यकर्तालाई जेलबाट छुटाउन बहस गर्ने वकिल जति सबै आज प्रधानमन्त्रीको कदमका विपक्षमा ! देशमा के हुँदैछ ?’
हिजो लोकतन्त्रका बिरुद्ध र लोकतन्त्रबादीहरुलाई जेल पठाउन बह्सगर्ने वकिलहरु आज प्रधानमन्त्रीका पक्षमाबहस गर्दैछन् अर्कातिर हिजोदेखि आजसम्म लोकतन्त्रका पक्षमा र आन्दोलनकारी नेता र कार्यकर्तालाई जेलबाट छुटाउन बहसगर्ने वकिलजति सबैआज प्रधानमन्त्रीको कदमका बिपक्षमा !
— Yogesh Bhattarai (@yogesbhattarai) January 14, 2021
देशमा के हुँदैछ ?