

काठमाडौं, ३ जेठ — बाग्लुङ जिल्लाको निसीखोला गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका तारानाथ पौडेल निर्वाचित भएका छन् । उनले २७३७ मत ल्याए ।
उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार प्रेम घर्तीले २०३८ मत पाए ।
गाउँपालिका उपाध्यक्षमा कांग्रेसकी शोभा कार्की निर्वाचित भएकी छन् ।