०२ असार २०८३, मंगलबार

सुरक्षा चिन्ताका कारण बाइडनको शपथग्रहण समारोहको पूर्वतयारी रद्द

माघ २, २०७७
सुरक्षा चिन्ताका कारण बाइडनको शपथग्रहण समारोहको पूर्वतयारी रद्द

अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडनको शपथग्रहण समारोहमा दिने प्रस्तुतिका लागि आइतवार राखिएको पूर्वतयारी सुरक्षा चिन्ताका कारण रद्द गरिएको पोलिटिको पत्रिकाले खबर दिएको छ । 

पूर्वाभ्यास अब सोमवार गरिनेछ । 

सुरक्षा चिन्ताकै कारण बाइडनको टोलीले विल्मिङटनबाट वाशिङटनसम्मको एमट्य्राक भ्रमण पनि रद्द गरेको छ । बाइडनलाई जनवरी २० मा शपथ खुवाइँदैछ । 

फेडरल ब्युरो अफ इन्भेस्टिगेसनका निर्देशक क्रिस्टोफर रेले शपथग्रहण समारोहको सुरक्षामा जोखिम पार्ने व्यक्तिको पहिचान गरिरहेको बताएका छन् । 

राष्ट्रपतिको शपथग्रहण समारोहमा परम्परागत रूपमा हजारौं मानिस उपस्थित हुन्छन् । तर कोभिड महामारीका कारण समारोहमा एकदमै कम मानिस मात्र बोलाइएको छ । 

त्यसमाथि बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पले हार स्वीकार गर्न नमान्दा उनका प्रशंसकहरूबाट हुन सक्ने हिंसाका कारण शपथग्रहण समारोहको सुरक्षा व्यवस्था कडा बनाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्