
पूर्वी लद्दाखको सीमामा चिनियाँ र भारतीय ट्यांकहरू जम्मा १०० मिटरको दूरीमा एकअर्काको सामना गरिरहेको चिनियाँ सञ्चारमाध्यमले शेयर गरेको तस्वीरमा देखिएको छ ।
तस्वीरमा सशस्त्र वाहनहरू एकअर्काको सामना गरिहेको देखिन्छ ।
तस्वीर चिनियाँ सामाजिक सञ्जाल साइट वीबोमा एक सैन्य ब्लगरले शेयर गरेका हुन् । त्यसपछि चीन सरकारका न्युज साइटहरूले टाइप–१५ ट्यांकको शक्तिको घमण्ड गर्दै यो तस्वीर सार्वजनिक गरेका छन् ।
गत जुन महिनामा सीमामा भिडन्त भएदेखि भारत र चीन दुवैले लद्दाख क्षेत्रमा सैन्य तैनाथी बढाएका छन् ।
सीमाक्षेत्रमा ३५ वटा चिनियाँ ट्यांक रहेको बताइएको छ । भारतका कतिवटा ट्यांक छन् भन्ने स्पष्ट छैन ।