११ असार २०८३, बिहीबार

म्याग्दीको बेनी नगरपालिकाका चार वडामा एमालेको वर्चस्व

कात्तिक २०, २०७४
म्याग्दीको बेनी नगरपालिकाका चार वडामा एमालेको वर्चस्व


काठमाडौं, ३ जेठ — म्याग्दी जिल्लाको बेनी नगरपालिकाका चारवटा वडामा नेकपा एमालेले विजय हासिल गरेको छ । वडा नं ४, ५, ६ र ७ मा एमालेका उम्मेदवारहरू निर्वाचित भएका छन् ।

वडा नं ४ मा एमालेका अध्यक्ष उम्मेदवार गोविन्द पौडेलले ४९४ मत प्राप्त गरे ।

वडा नं ५ मा वडाध्यक्ष पदमा एमालेका उम्मेदवार लक्ष्मण बानियाँले ६९९ मत पाए ।

त्यस्तै वडा नं ६ मा कृष्णबहादुर कार्की वडाध्यक्ष चुनिए । उनले ७२२ मत पाए ।

वडा नं ७ को अध्यक्षमा एमालेका राजेन्द्र श्रेष्ठले ३३२ मत पाए ।

अब बेनी नगरपालिकाको ८, ९ र १० नं वडाको मतपरिणाम आउन बाँकी छ ।

नगरपालिकाको मेयरमा एमालेका प्रमोद श्रेष्ठ ४२६७ मतका साथ अग्रस्थानमा छन् । उनलाई कांग्रेसका हरिकुमार श्रेष्ठले ४१३७ मतका साथ पछ्याइरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्