काडमाडौं, ३ जेठ –स्याङ्जाको आँधीखोला गाउँपालिका अध्यक्षमा नेकपा एमालेले विजय हासिल गरेको छ । उक्त गाउँपालिकाबाट नेकपा एमालेका उम्मेदवार सुधिर पौडेल ५ हजार ४१ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका प्रदीप पौडेलले ३ हजार ७६ मत पाए।
गाउँपालिका उपप्रमुखमा एमालेकी शर्मिला पौडेल ५ हजार ८५ मतका साथ जित हासिल गरिन् । निकटम प्रतिद्विन्द्वी काँग्रेसकी गीता चापागाईंले २ हजार ६२ मत पाइन्।