
कोकाकोलाले ‘कोक र खाना’को अभियान शुरू गरेको छ ।
“खाना जे होला स्वाद बढाउन कोका–कोला”भन्ने नाराका साथ कोकाकोलाले यस्तो अभियान शुरू गरेको छ ।
यस अभियानको बारेमा बोल्दै नेपालकालागि कोका–कोलाका कन्ट्री निर्देशक अम्बुज सिंहले भने, “यो अभियान घरमै खाना र विशेष क्षणहरू साट्ने बारेमा हो, र यसले कोकको खानासँगको सम्बन्धमा प्रकाश पार्छ। हामी यस अभियानलाई एक ठूलो, एकताबद्ध भावको रूपमा देख्छौं जुन अहिलेको समय र ब्रान्ड दुबैको लागि उपयुक्त छ। कोक र खाना एक उत्कृष्ट जोडी हो र हामीहाम्रा उपभोक्ताहरूलाई उनीहरूको आफ्नै कोक र खानाको संयोजनका साथ स्वाद र आफ्नोपनको खुसी बढाउन प्रोत्साहित गर्न चाहन्छौं ।”
कोक र खाना पहिलेको कोक र मःमः अभियानको एक विस्तारणहो र यसलेखानासँग कोकको सम्बन्धलाई थप जोड दिन्छ। यस अभियानको विज्ञापनमा लोकप्रिय अभिनेत्रीहरू सम्रागी आरएल शाह र अलिशा राई, र गायिका केन्जलश्रेष्ठ, जे अथर र आइजन छन्, र सो विज्ञापनमा कोकका साथ गुण्स्तरीय खाना टाइमजीवनमा कसरी ल्याउन सकिन्छ भनेर देखाइएकोे छ ।
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, “कोक र खाना अभियानविश्वव्यापी रूपमा सफलभएका छन् र हामीले कोका–कोलालाई कुनै पनि प्रकार खानाको लागि उत्तमसाझेदारका रूपमा स्थापित गरेकाले हामी यसलाई नेपालमा ल्याउन पाउँदा खुसी छौं । यो अभियानको छैठौं वर्षमा आइपुग्दा, हामी 'खाना जे होला, स्वाद बढाउन कोका–कोला' भन्ने सन्देश प्रवाह गर्न पाउँदा खुसी छौं । यो सन्देशले उपयुक्त खानाको संस्कार र खानाको समयको साथलाई प्रतिबिम्बित गर्दछ ।”
कोकाकोला कम्पनी नेपालले यस अभियानभरि आफ्ना उपभोक्ताहरूका लागि थुप्रै योजना ल्याएको जनाएको छ ।