१२ असार २०८३, शुक्रबार

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

 नेपाली बजारमा सोमवार पनि सुनको मूल्यमा गिरावट आएको छ । 

अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्यमा २ सय रुपैयाँको गिरावट आएको हो । 

सोमवार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रति तोला ९१ हजार ६ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस दिन तेजाबी सुन प्रति तोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

अघिल्लो दिन तेजाबी सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार, सोमवार चाँदी प्रति तोला १ हजार २ सय ३० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्