गृहमन्त्री रामबहादुर थापा बादलले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम अग्रगामी भएको बताएका छन् ।
नेकपाद्वारा आज सल्लेरीमा आयोजित अगुवा कार्यकर्ता भेलामा उनले संविधानमा भएको व्यवस्था अनुसार नै सरकारले संसद् विघटन गरेर अग्रगामी कदम चालिएको बताएका हुन् ।
गृहमन्त्री थापाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन आफ्नै दल भित्रबाट अविश्वासको प्रस्ताव दर्ता गर्नेदेखि अन्य दलसँग मिलेर नयाँ सरकार निर्माण गर्नेलगायत चलखेल बढेपछि संसद् विघटन गर्नुपरेको बताउँदै अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा आधिकारिक पार्टी भएकाले चुनाव चिन्ह पनि आफूहरुले नै प्राप्त गर्ने विश्वास व्यक्त गरे ।