१० असार २०८३, बुधबार

‘पाप पखाल्न’ पुटिनले चिसो पानीमा लगाए डुबुल्की

माघ ७, २०७७
‘पाप पखाल्न’ पुटिनले चिसो पानीमा लगाए डुबुल्की

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन स्वास्थ्यका विषयमा चलेका हल्लालाई निराधार साबित गर्दै माइनस १७ डिग्री सेल्सियसमा हिउँ जमेको पानीमा नुहाएका छन् ।

रुसमा प्रचलित अर्थोडक्स क्रिस्चियानिटीमा जनवरी महिनामा मनाइने एपिफेनी नामक पर्वमा मानिसहरू चिसो पानीमा डुबुल्की लगाउने गर्छन् । धर्मनिष्ठ व्यक्तिका रूपमा पुटिनले चिसो पानीमा स्नान गरेका हुन् । 
६८ वर्षीय पुटिन पूर्ण स्वस्थ देखिएका छन् । 
 

एपिफेनीको अवसरमा रुसीहरूले नदी वा तलाउमा हिउँले ढाकिएको पानीमा डुबुल्की लगाउने गर्छन् । यसै दिन जिसस क्राइस्टले जोर्डन नदीमा डुबुल्की लगाएको मान्यता छ । 
 

एपिफेनीको मध्यरातमा सबै पानी पवित्र बन्ने र मानिसका पाप पखालिने रुसीहरूको विश्वास छ । सोह्रौं शताब्दीदेखि चलेको यो परम्परालाई अनुसरण गर्दै पुटिनले पनि पाप पखालेका हुन् । 

पुटिनलाई पार्किन्सन्स रोग लागेको र सन् २०२१ को अन्त्यसम्ममा राजीनामा दिएर अर्को व्यक्तिलाई राष्ट्रपति बनाउन लागेको भनी बेलायतका टेब्लोइड पत्रिकाहरूले खबर दिएकोमा भ्रम चिर्नका लागि पुटिनले चतुरताका साथ एपिफेनीको अवसरलाई सदुपयोग गरेका हुन् । उनले नीलो प्यान्ट लगाएर डुबुल्की मारेका थिए । 

नीलो रंग पुटिनका विरोधी एलेक्सी नभाल्नीको रंग हो । नीलो रंगमा पानीमा डुबाएर उनले आफूसँग जोरी खोज्ने सबैलाई डुबाइदिने संकेत दिएका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्