१० असार २०८३, बुधबार

रोइरहेकी छोरीलाई चुप लगाउन पिताले बेस्सरी हल्लाउँदा मृत्यु

माघ ७, २०७७
रोइरहेकी छोरीलाई चुप लगाउन पिताले बेस्सरी हल्लाउँदा मृत्यु

बेलायतको डड्लीमा एक पिताले आफ्नी नवजात छोरी रोइरहेपछि चुप लगाउन बेस्सरी हल्लाएर मारेका छन् । 
 

फिलिप पीस नामक ती व्यक्तिले घरमा पाँच महिनाकी छोरीलाई हल्लाएर हत्या गरेका हुन् । 

बच्ची लत्रक्क परेपछि उनले ९९९ मा डायल गरेका थिए । स्वासथ्यकर्मीहरू आइपुग्दा शिशुलाई सास फेर्न गाह्रो परेको अवस्थामा फेला पारे । 

समर नामक ती शिशुलाई रसल्स हल हस्पिटल पुर्‍याइएको थियो । त्यहाँ २४ घन्टापछि उनको मृत्यु भयो । 

घटना सन् २०१७ को सेप्टेम्बर ८ मा भएको हो । त्यसको पुर्पक्ष सोमवारबाट शुरू भएको हो ।

अदालतमा सुनुवाइ हुँदा शिशुको मस्तिष्कमा गम्भीर घाउचोट लागेको, ११ वटा हाड भाँचिएको अनि आँखाबाट रगत चुहिएको पाइएको थियो । 

बच्ची रोएपछि आफूले गोडामा राखेर हल्लाएको पीसले बताए । 
 

अभियोजन पक्षले शिशुलाई जानीजानी हत्या गरेकोमा पीस दोषी रहेको भन्दै अधिकतम सजायको माग गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्